धनगढी । धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको हो ।
स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गरेको छ। राष्ट्र बैँक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङको व्यवस्था गरिएको हो ।
उक्त सडक खण्डमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन ।
यसअघि, उक्त जमीनमा निर्माण सामाग्री राखिदै आएकोमा उपमहानगरपालिकाले सफाइ र लेबलिङ गरेको छ ।