डडेल्धुरा । डडेल्धुरा जिल्लामा रहेको किवी भण्डारण गरिने कोल्ड स्टोरमा आगलागी भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–१ दह ब्यारेकस्थित किबि कोल्ड स्टोरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

अमरगढी नगरपालिका–१ दह ब्यारेकस्थित गणेश बहादुर ऐरको किवी भण्डारण गरिने कोल्ड स्टोरमा विद्युत सर्ट भई आगलागी भएको बोहराले बताएका छन ।

अचानक विधुत सर्ट भई आगलागी हुदा कोल्ड स्टोरभित्र रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन ।

कोल्ड स्टोरमा आगलागी भएपछि श्री अर्जुनबाण गण दहव्यारेकका सेनानी संजय भन्डारीको कमाण्डमा खटियका नेपाल आर्मी १/ १९ को टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोग र अमरगढी नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याईएको थियो । प्रारम्भिक जानकारी अनुसार आगलागीबाट कोल्ड स्टोरभित्र राखिएका कृषि उपज तथा संरचनामा क्षति पुगेको बताइएको छ ।
