डडेल्धुरा । डडेल्धुरा स्थित नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । अमरगढी नगरपालिका–१ स्थित दह व्यारेकमा नौं महिना तालिम पूरा गरेपछि १०२ जाना सिपाही दिक्षीत भएका छन ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–१ मा रहेको नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सि.सं. ५ सैन्य आधार तालिम एक कार्यक्रमबीच सम्पन्न भएको छ । दिक्षान्त समारोहका प्रमुख अतिथि श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी (पिएचडी) बिजितराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सहायक रथीे (पिएचडी) बिजितराज रेग्मीले तालिम सफलता पूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने भएका सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिमका टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण सलामी ग्रहण समेत गरेका थिए ।

तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथि रेग्मीले पुरस्कर समेत वितरण गरेका थिए । दिक्षान्त समारोहमा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोईराला,जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिह, सशस्त्र प्रहरी बल डडेल्धुराका प्रमुख, अमरगढी नगरपालीकाका मेयर दिल्लीराज जोशी, गाउपालीकाका अध्यक्ष उपाअध्यक्ष र जिल्ला स्थित कार्यालय प्रमुख पत्रकारहरुको उपस्थित रहेको थियो । यस्तै सैन्यहरूका आफन्तको पनि उपस्थित रहेको थियो । सैन्य आधारभूत तालिम सम्पन्न भएपछि सिपाहीका अभिभावकहरु खुसीका आँसु झार्दै फूलमाला, खाँदा र अविरलगाउँदै खानेकुरा खुवाउदै खुसी भएका देखिन्थ्य ।

तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथि पिएचडी बिजितराज रेग्मीले पुरस्कर समेत वितरण गरेका थिए । उनले भने सिपाही बलियो भए, सेना बलियो हुन्छ ,सेना बलियो भए देश बलियो हुने कुरामा सबै बफादार हुनुपर्छ भन्दै सपाहीको काम कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहन श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी (पिएचडी) बिजितराज रेग्मीले निर्देशन पनि दिनुभएको छ ।

श्री अर्जुनबाण गण दह व्यारेकमा २०८२÷३÷२ गते बाट सैन्य आधारभुत तालिम सुरु भएको थियो । नौं महिने समयाबधीको सैन्य आधारभुत तालिम पूरा गरेका सिपाहीहरु अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खटाइने श्री अर्जुनबाण गणका गणपती प्रल्हाद थापाले जानकारी दिए ।
