डडेल्धुरा । राष्ट्रिय मुक्ति हलिया समाज महासंघ नेपाल को आयोजनामा सामुदायिक विपद व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा साझेदारी संस्थाका कर्मचारीहरूका लागि “विपद् स्वयंसेवक परिचालन सम्बन्धी ४ दिने आधारभूत तालिम” सम्पन्न भएको छ ।
समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा विपद्का समयमा स्वयंसेवक परिचालन, प्राथमिक उपचार, खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, आगलागी तथा बाढीपहिरो जस्ता प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियाे ।
तालिममा सहभागी स्थानीय जनप्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा साझेदारी संस्थाका कर्मचारीहरूले विपद् व्यवस्थापनमा समन्वय र सहकार्यको आवश्यकता रहेको राष्ट्रिय मुक्ति हलिया समाज महासंघ नेपाल सयाेजक तेजराम लुहारले बताउनु भयाे ।
उनले भने तालिममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीप समुदायमा उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रशिक्षकहरूले विपद् आउनुअघि तयारी, विपद्का बेला गरिने उद्धार तथा विपद्पछिको पुनःस्थापनामा समुदाय र स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बताएका थिए । साथै स्थानीय तह, समुदाय र विभिन्न संघसंस्थाबीच सहकार्य बलियो भए विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने उल्लेख गरिएको थियो ।
आयोजक संस्थाका प्रतिनिधिहरूले समुदायमै दक्ष स्वयंसेवक तयार गर्नु आजको आवश्यकता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन ।
राष्ट्रिय मुक्ति हलिया समाज महासंघ नेपाल को आयोजनामा सामुदायिक विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा साझेदारी संस्थाका कर्मचारीहरूका लागि “विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिममामा बाजुर , डाेटी र डडेल्धुरा गरि २६ जना सहभागी रहेका थिय ।