सक्षम परियोजनाको सहयोगले गार्मेन्ट उद्योग सञ्चालन, प्रकाश दमाईको मासिक आम्दानी ६० हजार सम्म

डडेल्धुरा । राष्ट्रिय मुक्त हलिया समाज महासंघ र लुथरन विश्व फेडेरेसनको साझेदारीमा सञ्चालित सक्षम परियोजनाबाट सहयोग पाएपछि अजयमेरु गाउँपालिका–२ का प्रकाश दमाईले आफनै  गाउमा अजयमेरु डि.पि एस  गार्मेन्ट उद्योग सञ्चालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेको मुक्त हलिया समुदायका परिवारलाई आत्मनिर्भर बनाउने र स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित सक्षम परियोजनाको सहयोगमा दमाईले गार्मेन्ट उद्योग स्थापना गरेका हुन ।

परियोजनाले उनलाई कपडा काट्ने मेसिनसहित गार्मेन्ट उद्योग सञ्चालनका लागि आवश्यक मेसिन तथा अन्य सम्पूर्ण सामग्री उपलब्ध गराएको थियो । परियोजनाबाट प्राप्त सहयोगलाई सदुपयोग गर्दै उनले उद्योग सञ्चालनमा ल्याएका हुन ।

उद्योग सञ्चालन गरेपछि दमाईले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । विशेषगरी कपडा सिलाइ तथा गार्मेन्टसम्बन्धी कामबाट उनले नियमित आम्दानी गरिरहेका छन । सिजनको समयमा उद्योगमा १० जनासम्मलाई रोजगारीसमेत दिने गरेका उनले बताएका छन ।

परियोजनाको सहयोगले आफूलाई व्यवसाय सुरु गर्ने अवसर मिलेको र अहिले आफ्नै व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको दमाईको उद्यमले देखाएको छ । यसले मुक्त हलिया समुदायका व्यक्तिहरू उचित अवसर र सहयोग पाएमा स्वरोजगार तथा उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

मुक्त हलिया समुदायको आर्थिक अवस्था सुधार, जीविकोपार्जनमा सहजता र रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालित सक्षम परियोजनाले आयआर्जनमूलक व्यवसाय प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । यस्ता कार्यक्रमले आर्थिक रूपमा पछाडि परेका समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Loading...