गाउँमै फर्निचर उद्योग सञ्चालन गर्दै शिद्धराज, मासिक आम्दानी एक लाखभन्दा बढी

 

डडेल्धुरा । रोजगारीको खोजीमा गाउँ छाड्नुपर्ने बाध्यतालाई चिर्दै डडेल्धुराको अजयमेरु गाउँपालिकाका तिनका शिद्धराजले आफ्नै गाउँमा निलपाल फर्निचर उद्योग सञ्चालन गरेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ र लुथरन विश्व फेडेरेसनको साझेदारीमा सञ्चालित सक्षम परियोजनाबाट सहयोग पाएपछि शिद्धराजले गाउँमै फर्निचर उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन ।

परियोजनाबाट प्राप्त सहयोगले व्यवसाय सञ्चालन गर्न आवश्यक सामग्री तथा उपकरण जुटाउन सहज भएपछि उनले आफ्नै गाउँमा स्वरोजगारको बाटो रोजेका हुन । अहिले उनको उद्योगबाट विभिन्न प्रकारका फर्निचर सामग्री निर्माण हुँदै आएका छन ।

उनले फर्निचर निर्माण गर्नुका साथै काठमा भगवानका आकर्षक मूर्ति कोर्ने कामसमेत गर्दै आएका छन । विशेषगरी घरका ढोका तथा झ्यालहरूमा भगवानका मूर्ति र विभिन्न कलात्मक आकृति बनाउने उनको सीपले उद्योगलाई थप विशेष बनाएका छन । काठमा कलात्मक रूपमा भगवानका मूर्ति बनाउने तथा ढोका–झ्यालमा आकर्षक बुट्टा कोर्ने कामबाट पनि उनले ग्राहकको मागअनुसार सेवा दिँदै आएका छन ।

आफ्नै गाउँमा उद्योग सञ्चालन गरेर सीप र श्रमलाई आम्दानीको माध्यम बनाएका शिद्धराजले फर्निचर व्यवसायबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताएका छन ।

गाउँमै उद्योग सञ्चालन भएपछि उनलाई रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ भने स्थानीय बासिन्दाले पनि गाउँमै फर्निचर तथा काठका कलात्मक सामग्री निर्माण गराउने अवसर पाएका छन ।

सक्षम परियोजनाले उपलब्ध गराएको सहयोग र आफ्नो मेहनत तथा सीपको सदुपयोग गर्दै व्यवसायमा सफलता हासिल गरेका शिद्धराजको उदाहरणले आवश्यक अवसर र सहयोग पाएमा मुक्त हलिया समुदायका व्यक्तिहरू पनि आफ्नै गाउँमा उद्यमी बन्न र आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छन् भन्ने उनि एक उधारणिय बनेका छन ।


मुक्त हलिया समुदायको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवद्र्धन तथा जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालित सक्षम परियोजनाले स्थानीयस्तरमा उद्यमशीलता विकास र आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउँदै आएको छ ।

Loading...