डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मुक्त हलिया परिवार तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन ।

परम्परागत रूपमा जीविकोपार्जनका लागि ज्याला मजदुरीमा निर्भर रहँदै आएका मुक्त हलिया दलित परिवार अहिले व्यावसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्ने प्रयासमा जुटेकी छन ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ र लुथरन विश्व फेडेरेसनको साझेदारीमा सञ्चालित सक्षम परियोजनाबाट सहयोग पाएपछि गन्यापधुरा गाउँपालिका–१ का मुक्त हलिया परिवार व्यावसायिक तरकारी खेतीमा जुटेका छन । परियोजनाबाट प्राप्त सहयोगले उनहरुलाई कृषि पेसालाई आयआर्जनको माध्यमका रूपमा अगाडि बढाउन प्रेरणा मिलेको छ ।

मुक्त हलिया परिवार अहिले आफ्नै खेतबारीमा विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन । घरायसी प्रयोजनका लागि मात्र गरिने खेतीलाई व्यावसायिक रूपमा विस्तार गरेपछि तरकारी बिक्रीबाट आम्दानी गर्ने अवसर प्राप्त भएको कृषकहरुको बताएका छन ।

आफ्नै गाउँमा उत्पादन भएका ताजा तरकारी स्थानीय बजारमा बिक्री गर्न सकिने भएपछि कृषकहरुलाई बजार व्यवस्थापनमा समेत सहज भएको छ । तरकारी खेतीबाट प्राप्त आम्दानीले परिवारको दैनिक घरखर्च चलाउन, बालबालिकाको शिक्षा तथा दैनिक आवश्यकताहरू पूरा गर्न सहयोग पुगेको छ । कृषकहरुको भनाई छ ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका मुक्त हलिया दलित परिवारलाई आयआर्जनका अवसर प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सक्षम परियोजनाले विभिन्न व्यावसायिक तथा आयआर्जनमूलक गतिविधिमा सहयोग गर्दै आएको छ ।

तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि मुक्त हलिया परिवारमा व्यावसायिक कृषि गर्ने उत्साह बढ्दै गएको छ । यस्ता कार्यक्रमले गाउँमै स्वरोजगार सिर्जना गर्नुका साथै मुक्त हलिया समुदायको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
