भारतमा १० दिनमा तीनपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतमा १० दिनमा तीनपटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर ९९.५१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसा प्रतिलिटरले बढेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार डिजेलको मूल्य ९१ पैसाले बढेर प्रतिलिटर ९२.४९ रुपैयाँ पुगेको छ ।

मे १५ पछि मूल्य बढेको यो तेस्रोपटक हो । मध्यपूर्वमा जारी तनावको कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियमको मूल्य बढिरहेको छ । बीबीसी

Loading...