डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

Loading...