एकीकृत समाजवादीद्वारा ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ ।

यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुंग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए ।

Loading...