आलिताल गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा डडेल्धुरा अस्पतालको अवलोकन भ्रमण सम्पन्न

धनबहादुर भण्डारी
डडेल्धुरा — आलिताल गाउँपालिकाअन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले डडेल्धुरा अस्पतालको अवलोकन भ्रमण सम्पन्न गरेका छन । अस्पतालबाट  प्रदान हुँदै आएका स्वास्थ्य बीमा, सामाजिक सेवा एकाइ तथा एकद्वार संकट व्यवस्थापन केन्द्र जस्ता महत्वपूर्ण सेवा तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिई त्यसलाई समुदायस्तरमा प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको हो ।


जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा जिआईजेडको प्राविधिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराले आलिताल गाउँपालिकासँगको सहकार्यमा वडा नं। १, २, ३ र ८ मा हेल्थ इक्विटी एन्ड एक्सेस फर लास्ट माइल कम्युनिटी परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिंसा प्रभावितहरूलाई लक्षित गर्दै निःशुल्क आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।


गत २०८३ साउन २८ गते आयोजित यस अवलोकन भ्रमणका क्रममा डडेल्धुरा अस्पतालका ओसिएमसी, एसएसयु तथा स्वास्थ्य बीमा सेवाका प्रमुख एवं प्रतिनिधिहरूले सेवा प्राप्त गर्ने प्रक्रिया, उपलब्ध सुविधा र कार्यप्रणालीबारे विस्तृत जानकारी गराएका थिए।
भ्रमणमा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय डडेल्धुरा, जिआईजेड र एमपिडिएसका प्रतिनिधिहरूसँगै आलिताल गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो ।
समुदायका नागरिकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने स्वयंसेविकाहरूलाई स्वास्थ्य सेवासम्बन्धी सही र व्यावहारिक जानकारी दिन सक्षम बनाउनु यस भ्रमणको मुख्य सफलता रहेको आयोजकले जनाएको छ। भ्रमणबाट प्राप्त ज्ञानलाई स्वयंसेविकाहरूले आमा समूह, घरभेट तथा समुदायस्तरीय छलफलमार्फत स्थानीय नागरिकसम्म पु¥याउने अपेक्षा गरिएको छ।
हिल परियोजनाका कार्यक्रम संयोजक मुकुन्द चटौतका अनुसार यस्ता अवलोकन भ्रमणले स्वयंसेविकाहरूलाई सेवा प्रवाहको प्रत्यक्ष अनुभव प्रदान गर्नुका साथै आफ्नै समुदायमा स्वास्थ्य सेवा सुधारका लागि नयाँ तथा व्यावहारिक उपाय अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ। आलिताल क्षेत्रमा स्वास्थ्य बीमा, ओसिएमसी र एसएसयु लगायतका सेवाबारे अझै जनचेतनाको आवश्यकता महसुस गरी स्वयंसेविकामार्फत घरदैलोसम्म सही सूचना पु¥याउँदा सीमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुँच अझै सुदृढ हुने विश्वास गरिएको छ ।

Loading...