एसएस फाउण्डेशन काठमाडाैंद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । एसएस फाउण्डेशन काठमाडाैंले प्रहरी वृत्त नयाँबानेश्वरलाई बाढी तथा पहिरो जस्ता प्राकृतिक विपद्‌मा उद्धार कार्यलाई सघाउन आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।


काठमाडाैंकाे बत्तीसपुतलीमा संस्थाका संरक्षक समाजसेवी शोभित उप्रेती र अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठद्वारा प्रहरी वृत्तका एसएसपी र डीएसपीलाई उद्धार सामग्री हस्तान्तरण गरिएकाे छ
हस्तान्तरण सामग्रीमा लाइफज्याकेट, सेफ्टी हेल्मेट, लाइफरिङ (रिङ ब्वाइ) लगायतका उपकरणहरू समावेश छन्।प्रतिकूल माैसमका कारण देशैभर भएकाे अविरल वर्षाले पुर्याएकाे असामान्य अवस्थाप्रति ध्यान दिंदै काठमाडाैं महानगरपालिका वडा नं. १०स्थित प्रहरी वृत्तलाई उक्त सामग्री दिइएकाे हाे ।


यो सहयोगले विपद्‌का बेला उद्धार र राहत कार्यमा प्रहरीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। एसएस फाउण्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार सामग्री उपलब्ध गराउँदै समुदाय र सुरक्षाकर्मीबीच सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।
फाउण्डेशनले यसभन्दा पहिले विभिन्न दाेलखाकाे शैलुङ गाउँपालिकाका केही विद्यालयका विद्यार्थीहरूकाे पठनपाठनमा सहज बनाउन शैक्षिक सामग्री, प्रविधिसँग सम्बन्धित सामग्री वितरण गर्दै गरेकाे उदाहरणहरू पनि छन् ।

Loading...