धनगढीमा ब्राउनसुगर जस्तो धुलो पदार्थसहित एक युवक पक्राउ

कैलाली। कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन । धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरी बुधबार पक्राउ परेका हुन । उनलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

Loading...