भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन

भक्तपुर, २२ भदौ । भोटेकोशी बाढी तथा पछिल्ला प्राकृतिक विपद्का घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज भक्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएकाे छ ।


नेपाली कांग्रेस क्षेत्र नं. १, भक्तपुरको आयोजनामा चाँगुनारायण मन्दिर परिसरमा सोमबार साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रम गरिएकाे हो ।


कार्यक्रममार्फत विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकको आत्माको चिरशान्तिको कामना गरिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएका व्यक्तिहरू सकुशल भेटिनुपर्ने कामनासहित प्रार्थना गरिनेको छ ।


भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै चाँगुनारायण क्षेत्रको विपद् जोखिमप्रति पनि स्थानीय तहले सचेतना र तयारीलाई प्राथमिकता दिँदै आएको छ ।


आयोजक नेपाली कांग्रेस क्षेत्र नं. १, भक्तपुरले कार्यक्रममा सहभागी भई विपद्मा ज्यान गुमाएकाप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्न सबैमा हार्दिक धन्यवाद दिएकाे छ ।

Loading...