मनिराम बिकको प्रथम स्मृति दिवसमा सत्संङ्ग कार्यक्रम सम्पन्

कैलाली । स्वर्गीय मनिराम बिकको ब्रह्मलिन भएको एक वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली तथा सत्संगत कार्यक्रम सम्पन्न गरिएको छ।
ज्ञान प्रचारक माहात्मा नवल सिह बाेहराकाे हजुरीमा सम्पन्न भएकाे सत्संङ्ग कार्यक्रममा
परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीय समाजसेवीहरूको सहभागितामा आयोजित कार्यक्रममा स्वर्गीय बिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएका थिय । सत्संङ्ग कार्यक्रममा सन्तमहापुरुषहरूले मनिराम बिकले समाजमा पुर्‍याएको योगदान, उहाँको सरल जीवनशैली तथा मानवीय सेवाका कार्यहरूको स्मरण गर्दै उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।
कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन तथा आध्यात्मिक चिन्तनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । सहभागीहरूले मनिराम बिकको सम्झनामा श्रद्धासुमन अर्पण गरेका थिए ।
सत्संङ्गकाे आयाेजना मनिराम बिक कि बुहारी दिपा बिकले गर्नु भएकाे थियाे । सत्संङ्गमा आफ्नाे भनाई राख्दै बुहारी दिपाले स्वर्गीय बिक ससुराको स्मृतिलाई जीवन्त राख्न उहाँले देखाएको सकारात्मक बाटोले परिवारलाई सदैव प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन । २०८२/ ३/ असार २० ब्रह्मलिन हुनुभएका मनिराम बिकको सम्झनामा आयोजित सत्संगत कार्यक्रम भावुक वातावरणका बीच सम्पन्न भएको थियो । सहभागी सन्तहरूले बिकको अभाव सधैं खड्किने बताउँदै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गीय मनिराम बिक चिसापानी सत्संङ्ग भवनका सत्संङ्ग ईन्चार्ज पनि थिए ।

Loading...