डोटी : डोटीको पूर्वीचाैकी गाउँपालिका–६ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन ।
काँग्रेसका उम्मेदवार थापाले खसेको ८ सय ३९ मध्ये ४ सय ६८ मत प्राप्त गरी विजय भएका हुन ।
उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार देब थापाले ३०१ मत प्राप्त गरे।
माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुवँरले ३१ मत प्राप्त गरे ।
खसेको मत मध्ये १३ मत बदर भएको छन्। यहाँ काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।