उग्रतारा मन्दिर परिसरमा अर्जुनबाण गणदह व्यारेकद्वारा विभिन्न प्रजातिका ३०० बिरुवा वृक्षरोपण गरियाे

डडेल्धुरा, साउन १४ । डडेल्धुरा अर्जुनबाण गण दह व्यारेकले ‘सगरमाथा वृक्षरोपण महाअभियान–२०८३’ अन्तर्गत डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल उग्रतारा मन्दिर परिसरमा विभिन्न प्रजातिका ३०० वटा बिरुवा रोपण गरेको छ ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपिएका छन ।

कार्यक्रममा प्रमुख अथिति अमरगढी नगरपालिकाकि उपप्रमुख पार्वती झुकाल, डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी अमर बहादुर वली, अर्जुनबाण गण दह व्यारेकका गणपति प्रल्हाद थापा , जिल्ला प्रहरी कार्यलयका प्रमुख बरुण बहादुर सिह ,सशस्त्र प्रहरी बल डडेल्धुराका प्रमुख ,नेपाली सेनाका अधिकृत तथा जवानहरू, स्थानीय सरोकारवाला निकाय जन प्रतिनिधि र स्थानीयवासीको सन्चारकर्मिहरुकाे सहभागिता रहेको थियो ।

सहभागीहरूले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्नुपर्नेमा जोड दिएका थिए ।

सगरमाथा वृक्षरोपण महाअभियान–२०८३,सुरुगरेकाे अर्जुनबाण गण दह व्यारेकले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको उग्रतारा मन्दिर परिसरमा गरिएको वृक्षरोपणले उक्त क्षेत्रको हरियाली संरक्षणका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Loading...