अमरसिंह थापाको २१०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

डडेल्धुरा, साउन १६ । राष्ट्रिय विभुती अमरसिंह थापाको २१० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिसँगको सहकार्यमा नेपाली सेनाले सनिवार अमरसिंह थापाको २१० औँ स्मृति दिवस मनाएको हो । बिहान एक कार्यक्रमको आयोजना गरी अर्जुनबाण गण दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी प्रल्हाद थापाको नेतृत्वमा वडाकाजी अमरसिंह थापाको सालिकमा फूलमालासहित सलामी अर्पण गरेको थियो ।


ऐतिहासिक अमरगढी किल्ला अगरगढी नगरपालिका –५ खलंगामा अवस्थित छ । समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार पाँच सय फिट रहेको छ । बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ । पृथ्वीनारायण शाहपछि उहाँका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गर्नु भएको थियो । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना कुमाउ गढवालसम्म पुगेको थियो ।
एकीकरणको अभियानका बेला वि.सं. १८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्धभयो । डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका हुनु भएको थियो । तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका लगाउनु भएको थियो

Loading...