नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) को ३२ औँ कार्गो दिवस सम्पन्न

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) द्वारा आयोजित ३२ औँ कार्गो दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बानियाँले नेपालको व्यापार, आयात–निर्यात तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै व्यापार तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्गो दिवसको अवसरमा फ्रेट फरवार्डिङ क्षेत्रसँग सम्बन्धित व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा यस क्षेत्रको विकास, चुनौती तथा सम्भावनाबारे समेत छलफल गरिएको थियो ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले हरेक वर्ष कार्गो दिवस मनाउँदै फ्रेट तथा लजिस्टिक्स क्षेत्रको योगदानलाई सम्मान गर्दै आएको छ ।

Loading...