डडेल्धुरा । बुधबार देखि सुरु भएको अमरगढी नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र मावि खलंगाा पहिलो भएको छ । राष्ट्रकालागि खेलकुद, सवैकालागि खेलकुद भन्ने मुलनाराका साथ अमरगढी नगरपालिका वडा नं ४ मा भईरहेको प्रतियोगितामा खलंगाले सवै विधाका खेलहरुमा कुल २१ स्वर्ण, १४ रजत र १० कास्य गरि कुल ४५ पदक ल्याई पहिलो भएको हो ।
त्यस्तै माउण्टेन मावि बागबजार १५ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि कुल ३९ पदक समेत दोस्रो भएको छ ।
सवै विधाका खेलहरुमा क्याम्व्रीज पव्लीक स्कुल ७ स्वर्ण, ८ राजत र ८ कास्य गरि कुल २३ पदक समेत तृतिय भएको छ । कुल १२ वटा बिद्यालयको सहभागितामा छात्र,छात्रा भलिवल प्रतियोगिता, छात्र,छात्रा कवडडी प्रतियोगिता, छात्र,छात्रा एथ्लेटिक्स प्रतियोगिता, मार्सल आर्ट कराँते र तेकान्दो प्रतियोगिताका खेलहरु रहेका थिए ।
- Facebook Comments
- Comments