प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । “सुरक्षित समाजका लागि समुदाय प्रहरी, हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो लोकार्पण तथा जनप्रतिनिधिहरूलाई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम नववर्ष २०८३ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदानसँगै सम्पन्न गरिएको हो ।
कार्यक्रममा काठमाडौं क्षेत्र नं. १ का सांसदहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ निर्वाचित सांसदद्वय रञ्जु दर्शना बास्कोटा र समीक्षा बास्कोटालाई बधाई तथा सम्मान समेत गरिएको थियो ।
सामुदायिक विकास तथा सेवा समिति र सामुदायिक प्रहरी सेवा केन्द्र, बानेश्वर–३१ को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले समाजमा सुरक्षा सचेतना अभिवृद्धि गर्न समुदाय र प्रहरीबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका क्रममा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका विषयमा सुरक्षाकर्मीहरूले नागरिकलाई विशेष अपिल गरेका थिए।

Loading...