मुख्यमन्त्री शाहद्वारा सुदूरपश्चिमको यू–१६ क्रिकेट टिमका खेलाडीको बिदाइ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँका यू–१६ क्रिकेट टिमका खेलाडीलाई आइतबार बिदाइ गरेका छन ।

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशको टोलीलाई उनले आइतबार बिदाइ गरेका हुन ।

उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ। सचिन भट्टको कप्तानीमा रहेको १४ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ ।

टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन ।

यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द छन ।

प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख १६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्शाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो। प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए ।

 

 

                    

 

                         

                   

                            

                   

                     

 

 

 

             

 

Loading...