प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा गरियो अन्त्येष्टि

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरलाई भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणकाे साथै केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।

उनलाई हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । उनको पार्थिक शरीर बुधबार राति उडिसाबाट भैरहवा ल्याइएको थियाे ।

विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था उनकाे शव फेला परेको थियो ।

 

Loading...