डडेल्धुरामा श्रीमानको हत्या अभियोगमा जेठाजु बुहारी पक्राउ

डडेल्धुरा । डडेल्धुरामा श्रीमानको हत्या अभियोगमा मृतककि श्रीमती सहित दाई नाता पर्ने व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा श्रीमती कमला सार्की र  दाई नाता पर्ने महेश सार्की रहेको प्रहरीले जनाएको छ ।

यहि असोज ८ गते मध्य राती जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ५ देवगाल बस्ने २९ वर्षिया मान सिंह भनिने महेश सार्की आफनै सुत्ने कोठामा मृत भेटिएको जानकारी प्रहरीलाई आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवंम प्रहरी प्रवक्ता डम्बर विष्टले वताए ।

सुरुमा आत्म हत्या गरेको भन्ने विषय खुल्न आएकोमा घटनास्थल नजिकै घरको बाँसोमा प्लाष्टिकको डोरी देखिएपछि घटना संकास्पद रहेको भन्दै अनुसन्धान अघाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बिष्टका अनुसार श्रीमान र श्रीमतीविच दैनिक झैझगडा हुँदै आएकोमा करिव दुई महिना पछि श्रीमती माईतीघरमा बस्दै आएकोमा घटना हुनुभन्दा दुई,चार अघाडी मात्र उनि आफनो घर फर्किएकि थिइन ।

प्रहरीको प्रारभ्कि सोधपुछका क्रममा मृतका श्रीमती र दाईको संलग्नता खुलेपछि उक्त घटनामा जेठाजु बुहारीको मिलेमतोमा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । महेश मृत अवस्थामा घर भित्रै भेटिएका थिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भैरहेको छ ।

 

Loading...