५०औँ राष्ट्रिय मेलमिलाप दिवसमा बीपी कांग्रेस डडेल्धुराद्वारा चियापान कार्यक्रम

डडेल्धुरा — ५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बीपी कांग्रेस डडेल्धुराले चियापान कार्यक्रमको आयोजना गरेको छ। जिल्लास्थित पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा जिल्ला स्थतित नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बीपी विचारधाराको महत्व, राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका विषयमा वक्ताहरूले आआफ्नाे धारणा राखेका थिए । वक्ताहरूले स्व. बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै आपसी सद्भाव र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
बीपी कांग्रेस डडेल्धुराका पदाधिकारीहरूले राष्ट्रिय मेलमिलाप दिवसले मुलुकलाई एकताबद्ध बनाउँदै लोकतन्त्रलाई मजबुत बनाउन प्रेरणा दिने नेपाली काग्रेस बिपिका सभापति भरत नेपालीले बताएका छन ।

चियापान कार्यक्रमले नेता–कार्यकर्ता तथा शुभेच्छुकबीच आपसी भेटघाट र विचार आदान–प्रदानको अवसर प्रदान गरेको चियापान कार्यक्रमका सभापति नेपाली काे भनाइ छ ।

Loading...