विश्व हिन्दु परिषद् डडेल्धुराद्वारा भव्य शिव जलाभिषेक यात्रा सम्पन्न

डडेल्धुरा, साउन ४ । विश्व हिन्दु परिषद् डडेल्धुराको आयोजनामा साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति श्रद्धा र भक्तिभाव व्यक्त गर्दै भव्यरुपमा शिव जलाभिषेक यात्रा सम्पन्न भएको छ ।

साेमबार बिहान डडेल्धुरा बसपार्कबाट सुरु भएको जलाभिषेक यात्रामा सयौँ श्रद्धालु भक्तजन, धर्मप्रेमी, युवा, महिला तथा विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधि बिधालयका बिधार्थिहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले भगवान् शिवको जयजयकार गर्दै धार्मिक भजन–कीर्तनका साथ यात्रा गरेका थिए ।

डडेल्धुरा बसपार्कबाट सुरु भएको जलाभिषेक यात्रा तुफानडाडा हुदै टुडिखेलस्थित शिवालय मन्दिर पुगेपछि भगवान् शिवको विधिपूर्वक जलाभिषेक, पूजा–आराधना तथा विशेष धार्मिक अनुष्ठानका साथ सम्पन्न गरिएको विश्व हिन्दु परिषद् डडेल्धुराका अध्यक्ष वाशु देव जाेशीले बताउनु भएकाे छ ।


साउन महिनाको पहिलो सोमबार भगवान् शिवको पूजा तथा जलाभिषेक गर्दा सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिकजन विश्वासका साथ श्रद्धालु भक्तजनहरूले  कार्यक्रममा सहभागीता जनाएका  थिए ।

विश्व हिन्दु परिषद् डडेल्धुराले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, सनातन धर्मप्रति आस्था अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष जाेशीले बताएका छन ।


परिषद्ले जिल्लामा पहिलोपटक यस्ताे कार्यक्रम भएकाेले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवाला निकाय तथा सहभागी श्रद्धालु भक्तजनप्रति आभार व्यक्त गरेको छ ।

शान्तिपूर्ण, अनुशासित र भव्य रूपमा सम्पन्न भएको शिव जलाभिषेक यात्राले डडेल्धुरामा धार्मिक उत्साह थप बढाएको जाेशीकाे भनाइ छ ।

Loading...