डडेल्धुरा साउन ३ । नेपाली हिपहप जगतकै चर्चित र प्रतिष्ठित रियालिटी शो नेफेप श्रीपेज र्याप अडिसन–०३ मा सुदूरपश्चिम प्रदेशका प्रतिभाशाली युवा सन्देश विश्वकर्मा (याङ्ग लायन) उत्कृष्ट टप–८ मा पर्न सफल भएका छन ।
कैलाली जिल्लाको जानकी गाउँपालिका–३, सुवर्णपुर निवासी सन्देशले लाखौँ प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट र्याप प्रस्तुति र गायनका माध्यमबाट राष्ट्रिय मञ्चमा छुट्टै पहिचान बनाउन सफल भएका हुन्। उनले आफ्नो प्रस्तुतीमार्फत सुदूरपश्चिमको कला, संस्कृति र प्रतिभालाई देशभर चिनाउने प्रयास गरिरहेका छन् ।
प्रतियोगिताको यसअघिका चरणहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, माया र अमूल्य भोट प्रदान गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण शुभेच्छुक, आफन्त, मित्रजन तथा सुदूरपश्चिमवासीप्रति सन्देश र उनको टिमले हार्दिक आभार व्यक्त गरेका छन ।
प्रतियोगिता अहिले निर्णायक चरणमा पुगेको र अर्को राउन्डमा सुरक्षित हुँदै उपाधितर्फको यात्रा तय गर्न दर्शकको भोट अत्यन्तै महत्वपूर्ण रहेको टिमले जनाएको छ। सन्देशलाई भोट गर्न बुधबार राति ११:०० बजेदेखि शनिबार दिउँसो १:०० बजेसम्म समय तोकिएको छ ।
सुदूरपश्चिमका एक उदयीमान प्रतिभालाई नेपाली हिपहपको नयाँ उचाइमा पुर्याउन सबैलाई भोटमार्फत साथ दिन सन्देशले अनुरोध गरेका छन ।
तपाईको एक सानो सहयोगले सुदूरपश्चिमका एक उदयमान प्रतिभाको सपना साकार पार्न र उनलाई नेपाली हिपपको नयाँ श्रीपेच पहिराउन ठुलो भुमिका पुर्याउनेछ ।