काठमाडौं । बालकुमारी मन्दिर नजिकै वाई.एस. डान्स स्टुडियो सञ्चालनमा आएको छ । भदौदेखि नियमित रूपमा सञ्चालनमा रहेको स्टुडियोले नृत्य सिक्न इच्छुक बालबालिका, युवा तथा अन्य इच्छुक व्यक्तिहरूका लागि विभिन्न शैलीका नृत्य प्रशिक्षण प्रदान गर्दै आएको छ ।

विगत ८ वर्षदेखि नृत्य क्षेत्रमा निरन्तर सक्रिय तथा अनुभवी प्रशिक्षक शुभम आचार्य र योगिशा खत्रीले स्टुडियोमा प्रशिक्षण दिइरहेका छन्। उनीहरूले हिपहप, परम्परागत, आइटम डान्सलगायत विभिन्न शैलीका नृत्य सिकाउँदै आएका छन ।

नृत्यप्रतिको रुचि र क्षमता विकास गर्न चाहनेहरूलाई लक्षित गर्दै स्टुडियोमा हाल साँझ ५:०० देखि ६:०० बजे र ६:०० देखि ७:०० बजेसम्म नियमित कक्षाहरू सञ्चालन भइरहेका छन ।
नृत्यसँगै शारीरिक तन्दुरुस्ती र मनोरञ्जनलाई समेत प्राथमिकता दिँदै स्टुडियोले चाँडै नै बिहानी समयमा जुम्बा कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ ।
अनुभवी प्रशिक्षकबाट विभिन्न विधाका नृत्य सिक्न चाहनेहरूका लागि वाई.एस. डान्स स्टुडियो उपयुक्त गन्तव्य बन्ने सञ्चालकहरूको विश्वास छ। नृत्य सिकेर आफ्नो प्रतिभा विकास गर्न चाहने इच्छुकहरूलाई स्टुडियोमा सम्पर्क गरी कक्षामा सहभागी हुन आग्रह गरिएको छ।