युवाहरुको नेतृत्व तथा उद्यमशीलता क्षमता विकासका लागी ७ दिने सिपमूलक तालिम सम्पन्न

डडेल्धुरा । युवाहरुको नेतृत्व तथा उद्यमशीलता क्षमता विकासका लागी ७ दिने सिपमुलक तालिम भागेश्वर गाउँपालिका वडा नम्वर–५ मा सम्पन्न भएको छ ।
युवाहरुको नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन तथा कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले संन्चाल गरिएको ७ दिने सिपमूलक तालिम बुधबार एक कार्याक्रमका बिच सम्पन्न भएको हो ।
तालिममा सहभागीहरुलाई फलफूल खेतीको आधुनिक प्रविधि, बिरुवा उत्पादन र संरक्षण, बगैंचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मल व्यवस्थापन, बजार व्यवस्थापन तथा व्यवसायिक कृषि सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । प्रशिक्षकले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै व्यवसायिक रुपमा सुन्तला मोषमलगातका फलफूल खेती गर्न सकिने विषयमा समेत सहजीकरण गरेका थिए ।
तालिम अवधिभर सहभागीहरुलाई कृषि पेशालाई आयआर्जन र स्वरोजगारसँग जोड्ने विभिन्न उपायका बारेमा जानकारी दिइएको तालिममा सहभागी यज्ञबहादुर महताले बताए उनले भने विशेषगरी हामी जस्ता बेरोजगार युवाहरुलाई कृषि पेशाप्रति आकर्षित गराउने तथा गाउँमै उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ दिएको तालिमले हामीहरुले धेरै कुरा सिकेको सहभागी महताको भनाई छ ।

समापन कार्यक्रमको प्रमुख अथिति भागेश्वर गाउँपालिकाका उपाअध्यक्ष पुष्पा ठकुराठीले बोल्दै कृषि क्षेत्र अहिलेको आवश्यकता र सम्भावनाको क्षेत्र भएको उल्लेख गर्दै सीप र मेहनतका आधारमा युवाहरु सफल उद्यमी बन्न सक्ने बताइन । उनले विदेश पलायन भइरहेको युवाशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न यस्ता सिपमूलक तालिम प्रभावकारी हुने धारणा व्यक्त गरिन उपाअध्यक्ष ठकुराठीले फलफूल खेतीलाई परम्परागत शैलीबाट व्यवसायिक र आधुनिक प्रविधिमा रूपान्तरण गर्न आवश्यक रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरिन “कृषिमा भविष्य छैन भन्ने सोच परिवर्तन गर्न आवश्यक छ, सही योजना, सीप र मेहनत भए कृषि नै आम्दानीको मुख्य आधार बन्न सक्ने उनको भनाई छ । सामाजिक विकास कार्यालय डडेल्धुराद्धारा संचालित जयराज भट्ट युवाहरुको नेतृत्व तथा उद्यमशीलता क्षमता विकासका लागी ७ दिने सिपमुलक तालिमका सहभागीहरुले पनि कार्यक्रम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन । उनीहरुले फलफूल खेती सम्बन्धी नयाँ ज्ञान, आधुनिक प्रविधि तथा व्यवसाय सञ्चालनका विषयमा व्यवहारिक जानकारी प्राप्त भएको बताएका छन । सहभागीहरुले सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक खेतीतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस्तै सामाजिक विकास कार्यालय डडेल्धुराका अनुसार ग्रामीण क्षेत्रमा रहेका युवाहरुलाई आत्मनिर्भर बनाउने, कृषि उत्पादन वृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रमको समापनसँगै २५ जाना सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Loading...