काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गरि मन्त्रिपरिषदको बैठक बोलाएका हुन ।
बैठकमा माघ १८ गते बाट शुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक बारे छलफल हुने बताइएको छ ।
साथै, बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डा बारे छलफल हुनेछ ।