डा.धवल शमशेर राणाको नेतृत्वमा विभिन्न आन्दोलन परिचालन उपसमिति गठन

काठमाडौँ । राप्रपा नेता डा.धवलशमशेर राणा नेतृत्वको राजसंस्था पूनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।

संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षधर राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको प्रतिनिधि सहभागी बैठकले उक्त निर्णय गरेको हो l बैठकले ‘जनआन्दोलन’लाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ ।

आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...