काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन ।
मंगलबार बल्खुमा आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले गोली चलाउने पक्षमा नभए पनि शान्तिपूर्ण तरिकाले दबाब दिन सक्ने जिकिर गरेका हुन ।
“हामी विद्रोहमा जानु परे सल्लाह गरेर जान्छौँ, झुक्काएर होइन,” उनले भने । लिङ्देनले जनतालाई अब मूर्ख ठान्न नहुने भन्दै सूचना प्रविधिको विकासले राज्यलाई ढाकछोप गर्न नदिने स्पष्ट पारे ।