काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे निर्णय गर्ने तयारी छ ।
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ ।
यद्यपि, गभर्नर नियुक्तिबारे भने निश्चित भइसकेको छैन। समितिबाट नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ ।