श्रीमतीको हत्या गरी भाग्दै गरेका करन पक्राउ

डडेल्धुरा: डडेल्धुरामा श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान् पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बिहीबार राति साढे ११ बजेतिर उनले आफ्नै घरमा श्रीमती ४० वर्षीया खिमादेवी भुलको हँसियाले घाँटीमा प्रहार गरी हत्या गरेका थिए ।

हत्या लगत्तै फरार भएका करनलाई शुक्रबार बिहान ७:५५ बजे भाग्दै गरेको अवस्थामा गन्यापधुरा-३ गोयलखेतबाट पक्राउ गरिएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले जानकारी दिए ।

‘भुल फरार रहेको भनेर आज बिहान ६:५५ बजेको समयमा खबर प्राप्त भएपछि मेरै कमाण्डमा प्रहरी टोली खेटिएको र भाग्दै गरेको अवस्थामा भुललाई समात्न सफल भयौं,’ इन्स्पेक्टर विष्टले भने, ‘गोयलखेतबाट पक्राउ गरी हिरासतमा राखिएका छौँ ।’

उक्त घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको पनि उनले बताए ।

Loading...