कैलालीमा युवकको घाँटी रेटेर हत्या

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर निर्मम हत्या गरिएको छ।

२८ वर्षीय स्थानीय केशरबहादुर बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेशदत्त अवस्थीका अनुसार, ती दुई युवालाई घाँटी रेटिएका युवकको टाउको लिएर प्रहरी कार्यालयतर्फ आउँदै गर्दा गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो।

‘प्रहरी टोली गस्तीमा थियो, आफूहरूले हत्या गरेको भन्दै ती युवाहरूले टाउको देखाएपछि पक्राउ गरिएको हो,’ डीएसपी अवस्थीले भने।

प्रहरीका अनुसार, विवाद र मदिरा सेवनपछि घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आरोपितहरूले मृतकको शरीर घटनास्थलमै छाडेर टाउको मात्रै बोकेर प्रहरीसमक्ष आएका थिए।

Loading...