डडेल्धुरा । डडेल्धुराको भागेस्वोर गाउपालिका वडा नम्बर ४ कुएली सामुदायिक बन मा चरि बाघ मृत अवस्थामा फेला परेको छ ।
बुधबार कुएली सामुदायिक बन नजिकैको जङ्गलमा बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले बताएको छ ।
मृत बाघलाई डिभिजन बन कार्यालय डडेल्धुराले खाल्डोमा हालेको थियो ।
कुएली सामुदायिक बन नजिकै मृत फेला परेको चरि बाघ चितुवाको आक्रमण बाट मृत्यु भएको हुन सक्ने डिभिजन बन कार्यालय डडेल्धुराको बनाई छ ।