डडेल्धुरामा राप्रपा उम्मेदवार गोविन्द खडायतको सचिवालय उद्घाटन
डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गोविन्द खडायतको चुनावी सचिवालय डडेल्धुराकाे बागबजारमा उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमबीच सचिवालयको उद्घाटन गरिएको हो ।
यसैक्रममा राप्रपा प्रतिनिधि सभा उम्मेदवार गाेबिन्द खडायतले चुनावी अभियानलाई औपचारिक गति दिने उद्देश्यले सम्पर्क कार्यालय तथा सचिवालय सञ्चालनमा ल्याएका छन ।
साेमबार आयोजित एक कार्यक्रमकाबीच खडायतले रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला तहका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।यस्तै उम्मेदवार खडायतले डडेल्धुराको समग्र विकास, सुशासन र जनताको हक–हितका लागि आफू प्रतिबद्ध भएर अघि बढ्ने बताएका छन ।
उनले वर्तमान राजनीतिक अवस्थाबाट जनता निराश भएको उल्लेख गर्दै राप्रपाले राष्ट्र, धर्म, संस्कृति र जनताको पक्षमा स्पष्ट एजेन्डा बोकेको छ । “डडेल्धुरामा परिवर्तन आवश्यक छ, त्यो परिवर्तन राप्रपाबाट सम्भव छ,” खडायतले भने निर्वाचनमा राप्रपालाई बलियो बनाउन चुनाव चिन्ह हलाेमा मतदान गरि प्रतिनिधिसभा उम्मेदवार खडायतलाई विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । सचिवालय उद्घाटनसँगै चुनावी गतिविधिहरूलाई थप प्रभावकारी बनाइने खडायतले जनाएका छन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी माहोल तातेको छ । यस्तै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा उम्मेदवार डा. ताराप्रसाद जोशीकाे सचिवालय उद्घाटन भयकाे छ भने स्वतन्त्रका उमेदवार गाैरव एरकाे पनि सचिवालयकाे उद्घाटन भैसकेको छ ।