डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कालाे मोसो दल्ने १ जाना पक्राउ

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको घटनामा संलग्न एकजना पक्राउ परेका छन ।

पुस २३ गते दिउँसो करिब साढे १ बजेतिर अध्यक्षको कार्यकक्षमा प्रवेश गरी कालोमोसो दल्ने घटनामा संलग्न रहेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–६ का ३८ वर्षीय प्रकाशबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Loading...