डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीस्थित जानकी बोहराको घरमा बन्दुक समातेर फोटो खिच्ने क्रममा १७ वर्षीय सुबास महराको मृत्यु भएको हाे ।
बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकीको घर परशुराम नगरपालिका आएका थिए।

घरमा रहेको भरुवा बन्दुक समातेर फोटो खिच्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको बताइएको छ । बन्दुक पड्किँदा गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएका थिए ।  चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

घटनापछि प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका-२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका-४ का १७ वर्षीय एक किशोर रहेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...