चितवन । चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।
आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो ।काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन ।