कांग्रेस सभापति देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवाको घरअगाडि शनिबार मध्यराति झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

जानकारी पाउनेबित्तिकै राति नै तेघरी ब्यारेकबाट सेनाको टोली घटनास्थलमा खटिएको र आइतबार बिहानै सेनाको बम डिस्पोजल टोली उक्त वस्तु निष्कृय पार्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

सभापति देउवाको घरमा उनका भतिजा एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश देउबा बस्दै आएका छन ।

 

Loading...