किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन’ अभियानको लक्की ड्र सम्पन्न, थाइल्याण्ड भ्रमणको मुख्य पुरस्कार सुष्मिता बैद्य र अनिता कुमारलाई
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित किङ्स लाउन्जमा हालै सम्पन्न विश्वकप फुटबलको ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ ।

अभियानको तेस्रो संस्करणमा २०२६ को विश्वकप प्रेडिक्सनमा सहभागी ग्राहकहरूलाई समेटिएको र गोर्खा ब्रुअरीको प्रायोजन र किङ्स लाउन्जको आयोजनामा भएको उक्त कार्यक्रममा ४०० भन्दा बढी कुपनहरू संकलन गरिएको किङ्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङले जानकारी दिए ।
कार्यक्रममा गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर बैद्य र बिक्री निर्देशक काजी मान सुब्बाको उपस्थिति थियो। त्यसैगरी किङ्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी हरि खड्काले पनि कार्यक्रममा सहभागिता जनाए
लक्की ड्र मार्फत १० हजार रुपैयाँ बराबरको फुड भौचर जित्ने विजेताहरूमा इमा खनाल र सागर चौधरी रहेका छन्। कार्यक्रमको मुख्य पुरस्कार ‘थाइल्याण्ड भ्रमण’ का लागि सुष्मिता बैद्य र अनिता कुमार छानिएका छन्।
विजेताहरूले आगामी एक हप्ताभित्र आफ्नो पुरस्कार दाबी गरिसक्नुपर्ने आयोजकले जनाएको छ। यदि तोकिएको समयमा विजेताहरू सम्पर्कमा नआए अर्को शुक्रबार पुनः नयाँ लक्की ड्र गरिने बताइएको छ।
कार्यक्रममा बिक्री निर्देशक सुब्बाले नयाँ नन-अल्कोहलिक उत्पादनहरूको बारेमा जानकारी दिएका थिए भने हरि खड्काले विश्वकपका अनुभव र कीर्तिमानका बारेमा चर्चा गरे।