ड्युटीमा ढलेका अछामका प्रहरी हवल्दार बोहराको मृत्यु

अछाम : अछाममा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी सहायक हवलदार टंकबहादुर बोहराको जिल्ला अस्पताल मंगलसैनमा निधन भएको हो ।

मंगलसैन नगरपालिका- ८ ओलीगाउँ घर भएका बोहरा जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा डिउटीमा रहेको अवस्थामा भाद्र ८ गते बेहोस भइ ढलेका थिए।

उपचारको लागि जिल्ला अस्पताल अछाममा पुर्याइएकोमा उनलाई लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

Loading...