सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारमा महेश्वर थापा मगरलाई भोट गर्न अपिल

डडेल्धुरा । सानिस्चर म्युजिक कम्पनीको प्रस्तुतिमा सञ्चालन भइरहेको ‘सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टार’ रियालिटी शोमा सहभागी महेश्वर थापा मगरले आफुलाई भोट गर्न अपिल गरेका छन ।
प्रतियोगितामा महेश्वर थापा मगरले सिङ्गिङ विधातर्फ प्रतिस्पर्धा गरिरहेका छन । उनलाई विजयी बनाउन आयोजकले दर्शक तथा शुभेच्छुकलाई भोट गर्न आग्रह पनि गरेको छन ।
महेश्वरलाई भोट गर्न eSewa मार्फत दिइएको QR कोड स्क्यान गरी मतदान गर्न सकिने छ । त्यसका लागि QR कोड स्क्यान गरेपछि ‘Singing’ विकल्पमा क्लिक गर्नुपर्नेछ। त्यसपछि ‘महेश्वर थापा मगर’ नाम खोजी गरी क्लिक गरेर आफूले चाहेको संख्यामा भोट गर्न सकिने थापा मगरकाे भनाइ छ ।
यस्तै आयोजकका अनुसार प्रतियोगितामा दर्शकको भोट महत्वपूर्ण हुने भएकाले महेश्वरलाई माया, साथ र समर्थन गर्दै बढीभन्दा बढी भोट गरिदिन आग्रह गरिएको छ ।

Loading...