बैतडीमा एक व्यक्ति बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका–६ मा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन।

पाटन नगरपालिका–६ बस्ने ५१ वर्षीय बिरभान सिह बिष्टलाई बेपत्ता पारेको आरोपमा शिक्षिका ३६ वर्षीया भागरथी बिष्टलाई पक्राउ परेकी हुन् । भागरथीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

बिरभान  शनिवारदेखि परिवारको सम्पर्कमा नआएकाले खोजिका लागि उनका भाई खडक बिष्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको बैतडी प्रहरीले जनाएको छ।

Loading...