गन्यापधुरामा बृहत योग शिविर सुरु

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा तनाब व्यवस्थापनका लागि पालिका स्तरिय बृहत योग शिविर सुरु भएको छ । गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्की र उपाध्यक्ष ज्ञानु कुमारी सेटी देउवाले संयोगरुपमा बृहत योग शिविरको उद्घाटन गरेका छन ।

योग गरौं, स्वस्थ बनौं भन्ने नाराका साथ सुरु भएको शिविरमा जनप्रतिनिधी र कर्मचारी र स्थानीय नागरिकहरु योग शिवरमा सहभागी छन । १२ गते देखि सुरु भएको योग शिविर १६ गतेसम्म संचालन  हुने उपाध्यक्ष देउवाले बताइन ।

Loading...