आँधिखोला किनारमा युवकको शव भेटियो

काठमाडौं । स्याङ्जाको पुतली बजारस्थित आँधिखोला किनारमा एक पुरूष मृत भेटिएका छन ।

छ्याङछ्याङ्दी बस्ने ४० वर्षीय सुरेश श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिए ।

उनी पुतलीबजार नगरपालिका–१३ बगालेथोकस्थित गैरीसागर आँधिखोला किनारमा सोमबार दिउँसो मृत फेला परेका हुन।

प्रदेश ३–०२–००९ प ०१९३ नम्बरको स्कुटर चढेर पुतलीबजार–३ स्थित आफन्तलाई भेट्न गएका उनी आइतबार बेलुकीदेखि सम्पर्कबिहीन थिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनको शव फेला परेको हो ।

प्रहरीले उनको स्कुटर घटनास्थलबाट चार किलोमिटर माथि खोलामा पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

Loading...