डोटी । डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिका–७ –कि एक महिला मृत फेला परेकी छन । दीपायल सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्कविहीन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन। उनको मृत्युको कारण खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।