डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी प्रोत्साहन भत्ता नपाएको गुनासो

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले भोली असार २८ गतेदेखी आन्दोलनको चेतावनी दिएका छन । २५ भन्दा बढि चिकित्सकहरुले एक चिकित्सक एक स्वास्थय कार्यक्रम मार्फत आर्थीक बर्ष ८०र८१ को प्रोत्साहन भत्ता नपाएको भन्दै  चिकित्सकहरुले गुनासो गर्नुको साथै सेवा ठप्प गर्ने चेतावनी दिएका छन ।

डा. रोशन शाहको भनाई अनुसार एक बर्षसम्म भात्ता नपाएकोले आफुहरु असारको अन्त्यमा आन्दोलन गर्ने बाध्य भएको डा शाहको भनाई छ ।

 

उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्टाएको भन्दै डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय लाई सम्बोधन गर्दै २८ गतेबाट इमेर्जेन्सि सेवा बाहेक सबै सेवा बन्द रहने जनाएका छन ।

Loading...