सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, असार ३० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...